Thursday, June 11, 2020

बजारमा नयाँ जाेक्स अकाे छरे - यस्तो महामारीमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यो सैह्य हुँदैन.


प्रधानमन्त्री केपी

ओलीले कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला कसैले भ्रष्टाचार गर्छ भने त्यो सैह्य नहुने बताएका छन्  

प्रतिनिधिसभाको बुधबारको बैठकमा ओलीले देश कोरोना भाइरसको विषम परिस्थितिमा बेला कसैले भ्रष्टाचार गर्छ भन्नेमा आफू विश्वस्त नरहेको बताएका हुन्।

‘अनियमितता भए सरकारले जोसुकैलाई कारबाही गर्छ, अहिले कामको बेला हो, अहिले लेखा परीक्षणतर्फ बढी केन्द्रित भएका छैनौं, काममा केन्द्रित भएका छौं,’ ओलीले भने।

स्थानीय तह र प्रदेश सरकारलाई रकम पठाइएको जानकारी दिँदै ओलीले यस्तो परिस्थितिमा भ्रष्टाचार गर्न कुनै जनप्रतिनिधि पर्खिएर बसेका छन् भनेर आफूले विश्वास नगर्ने जिकिर गरे।

‘स्थानीय तह मेहनत गरिरहेका छन्, स्थानीय तहले प्रदेशलाई प्रदेशले संघीय सरकारलाई हिसाव बुझाउँछन्, समय आएपछि प्रक्रियाअनुसार हिसाव आउछ,’ ओलीले भने।

स्थानीय तहमा दैनिक ५–७ हजार मानिस आइरहेका रहेको बताउँदै प्रधानमन्त्री ओलीले भारतबाट भित्रिएका व्यक्तिको व्यवस्थापनका लागि स्थानीय तहले राम्रो काम गरिएको दावी गरे।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सरकारले आवश्यक अन्य तयारी गरिरहेको बताए। उनले नयाँ अत्याधुनिक प्रविधि ल्याउने कदम सरकारले चालिरहेको जानकारी गराए. 

Ashok Adhikari

HeathPostNepal


No comments:

Post a Comment

ENOUGH is ENOUGH इनफ इज इनफ Mohan Singh Air चाहे फिस उठाउ , चाहे ऋण खोज , चाहे सरकारसंग राहत माग, तर देऊ शिक्षक बाच्न चाहान्छ।

करिब तीन महिना भएछ बेतलबी । अब सकिदैन । म फाउण्डर ,  म साहुजी भनेर बेलाबखत ध्वास दिने साथीहरु खै मेरो श्रमको मुल्य?  चाहे फिस उठाउ ! चाहे ऋण...