Sunday, June 14, 2020

गाउँपालिका–८, लुपुणको डाउडस्थित ६० लाख रुपियाँ लागतको सिँचाइ कुलो गुणस्तरहीन भएको जनगुनासो .........

सिगास गाउँपालिका–८, लुपुणको डाउडस्थित ६० लाख रुपियाँ लागतको सिँचाइ कुलो गुणस्तरहीन बनेपछि
गाउँपालिकाले त्यहाँ प्राविधिक खटाएको छ ।तेसै गरी चिन्डाेले पारीबन 
सिँचाइ कुलो पनि गुणस्तरहीन र अलपत्र छ केही काम पाेहर साल र केहीकाम एसपाली हुदैछ । ठेक्कामार्फत निर्माण भइरहेको कुलोमा गुणस्तरहीन काम भएको जनगुनासो आएपछि दुई दिनदेखि त्यहाँ प्राविधिक खटाएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । गाउँपालिकामा प्रदेश र सङ्घीय सरकारमार्फत आएका धामी गाउँ सिँचाइ योजना, कोलबगर सिँचाइ योजना, गर्तोला सिँचाइ योजना र चौखामका दुईवटा सिँचाइ योजना गुणस्तरहीन बने पनि गाउँपालिकाले रोक्न नसकेको अध्यक्ष धामीले बताउनुभयो । गाउँपालिकासँग कुनै समन्वय नगरी विभिन्न नेता कार्यकर्ताले ल्याएका योजना काम नलाग्ने भए पनि गाउँपालिकाले केही गर्न नसकेको सिगास गाउँपालिकाले जानकारी दिएको छ ।

सिँचाइ कुलोमा पानी बग्नुपर्ने हो तर पानी बग्ने स्तरको कुलो नबन्दा बैतडीका ३० वटा कुलोमा राज्यको करोडौँ रुपियाँ बग्ने भएको भएको छ । नेताले भनेका ठाउँमा कार्यकर्ताले टालटुले कुलो बनाएर भुक्तानी लिन सिँचाइ डिभिजन कार्यालय बैतडीमा भीड लाग्न थालेको छ ।

रकम भुक्तानी गर्न नेताको दबाब आउन थालेपछि स्थलगत निरीक्षण गर्दा ३० वटा कुलो पानी बग्ने स्तरको नभएको पाइएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । बैतडीको डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा पानी नै नबग्ने कुला बनेको कार्यालयले जनाएको छ ।
डिलासैनी गाउँपालिका–३ को महादेव बगड सिँचाइ योजना, सिमार खेत सिँचाइ योजना, ममरोडा सिँचाइ योजना, नौगाउँ सिँचाइ योजना, कन्देखोला सिँचाइ योजना, बगडी सिँचाइ योजना र कप्से सिँचाइ योजना, डिलासैनी–५ को शेराखेत र रज्यौडा सिँचाइ योजना, डिलासैनी–२ कै सेला सिँचाइ योजना र कल्ते खडखेत सिँचाइ योजनाको कुलो काम नलाग्ने बनेको पाइएको छ ।
त्यसैगरी सुर्नया गाउँपालिका–३ को खालीगैर सिँचाइ योजना र ४ को डोडेश्वर सिँचाइ योजना, पाटन नगरपालिका–९ को बडगाउँ सिँचाइ योजना र करेटा सिँचाइ योजना र दशरथचन्द नगरपालिका–४, घट्टीगाड खेतपाल सिँचाइ योजनाको कुलो काम नलाग्ने गरी निर्माण भएको सिँचाइ विकास डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ । यस्ता कुलो ३० वटा रहेका र भुक्तानी दिन नेताको दबाब आइरहेको कार्यालयले जानकारी दिएको छ ।
यस्ता काम नलाग्ने कुलोको भुक्तानी लिनेमा नेता नजिकका कार्यकर्ता रहेका छन् । नेतामार्फत फोन गर्न लगाएर भुक्तानी नदिए सिँचाइ विकास कार्यालयमै झुन्डिएर मर्नेसम्मका धम्की आउन थालेको सिँचाइ विकास डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ । सिँचाइ कुलोको स्थलगत निरीक्षण गर्दा कुलोमा पानी होइन, करोडौँ रुपियाँ बग्ने देखेपछि भुक्तानी रोकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख प्रकाश रावलले बताउनुभयो ।
उहाँले प्रश्न गनुभयो, “यस्तो कुलोमा करोडौँ रुपियाँ कसरी बगाउने ? सकेसम्म भुक्तानी नदिने भन्ने नै हो । १२ देखि २० लाख रुपियाँसम्मका ३० वटा सिँचाइ योजनाको काम गुणस्तरीय छैन । ”

यो वर्ष सङ्घीय सरकार र प्रदेश सरकारबाट बैतडीमा दुई सयवटा सिँचाइ कुलो निर्माण गर्न ३० करोड रुपियाँ बजेट आएको सिँचाइ विकास डिभिजन कार्यालयले जानकारी दिएको छ । प्रदेश सरकारले बाँडेका अधिकांश सिँचाइ योजना आवश्यकताका आधारमा भन्दा पनि पहुँचका आधारमा वितरण गरिएका छन् । पानी नभएको खोलामा पुल बनाउनेदेखि पानी नै नबग्ने सिँचाइ कुलो बनाएर भुक्तानी लिने प्रवृत्ति बढेको पाइएको छ 
RADION SEVEN STYAR 

No comments:

Post a Comment

ENOUGH is ENOUGH इनफ इज इनफ Mohan Singh Air चाहे फिस उठाउ , चाहे ऋण खोज , चाहे सरकारसंग राहत माग, तर देऊ शिक्षक बाच्न चाहान्छ।

करिब तीन महिना भएछ बेतलबी । अब सकिदैन । म फाउण्डर ,  म साहुजी भनेर बेलाबखत ध्वास दिने साथीहरु खै मेरो श्रमको मुल्य?  चाहे फिस उठाउ ! चाहे ऋण...