Sunday, June 28, 2020
ENOUGH is ENOUGH इनफ इज इनफ Mohan Singh Air चाहे फिस उठाउ , चाहे ऋण खोज , चाहे सरकारसंग राहत माग, तर देऊ शिक्षक बाच्न चाहान्छ।
Saturday, June 27, 2020
Private School कै कारणले नेपालको Education System बिग्रेको हो भने सरकारले उचित सम्बोधन गरोस हामी ताला साचो बुझाउन तयार छौ
अथाह सम्पत्ती भएका बिद्यालयहरु online class को नाममा पैसा उठाइरहेका छन्! कतीपय बिद्यालयहरुले बैशाख देखिको शुल्क पनि उठाएको देखिन्छ तर सरकारको कानुन र विद्यार्थी सँगठन्हरुको बिरोध निम्न आय भएका बिद्यालय, त्यहाँ काम गर्ने लाखौ कर्मचारीहरु माथि देखिन्छ !! बिद्यालय सन्चालकहरु जती पनि घाटा बेहोर्न तयार छन यदी हाम्रा विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीको लागि सरकार ले कुनै राहत प्याकेज घोषणा ल्याउछ भने, हैन भने टेबलमा बसेर समस्याको समाधान गर्नुको बिकल्प छैन !! सबै भन्दा धेरै बजेट भएको सरकारी स्कूल हरुको अवस्था हामिले देखेकै छौ!! यदी Private School कै कारणले नेपालको Education System बिग्रेको हो भने सरकारले उचित सम्बोधन गरोस हामी ताला साचो बुझाउन तयार छौ! हैन भने आफ्ना छोराछोरी Private School मा राखेर राजनितिका लागि बिरोध गर्ने सस्कार को अन्त्य गरौ !! शिक्षामा बिभेद हुनु हुँदैन भन्ने पाटोमा हामी सहमत छौ!!
Wednesday, June 24, 2020
एस.इ.इ कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ _ राष्ट्रिय परीक्षा बोर्ड
Tuesday, June 23, 2020
निजि विध्यालयले सामुदायीक विध्यालय हेर्नु पर्ने भए शिक्षा मन्त्रालय खारेज गरेर सम्पुर्ण जिम्मा निजि विध्यालयलाइ दिउ सरकार ।
निजि विध्यालयले सामुदायीक विध्यालय हेर्नु पर्ने भए शिक्षा मन्त्रालय खारेज गरेर सम्पुर्ण जिम्मा निजि विध्यालयलाइ दिउ सरकार ।
निजि विध्यालयले अभिभावकसँग प्रतिविद्यार्थी ३० हजार रुपैयाँ ‘एडभान्स’ मागे ।
Monday, June 22, 2020
परिस्थिति सामान्य भएका बेला त राम्रो सम्मान पाउन नसकेका निजी संस्थामा काम गर्ने शिक्षकको अहिलेको जनजीवन झन् बढी कष्टकर बनेको छ ।
परिस्थिति सामान्य भएका बेला त राम्रो सम्मान पाउन नसकेका निजी संस्थामा काम गर्ने शिक्षकको अहिलेको जनजीवन झन् बढी कष्टकर बनेको छ । मनोभाव र मानसिक अध्ययनको विज्ञान नै मनोविज्ञान हो । फरक परिस्थितिले फरक मनोविज्ञान सिर्जना गर्छ । कोरोना महामारीले संसार नै आतंकित बनेका बेला आम शिक्षक पनि यसको चपेटामा छन् । अब विशेषगरी निजी संस्थामा आबद्ध शिक्षकमा देखिएका समस्यालाई कसरी हटाउन सकिएला भन्ने विषयमा गम्भीर हुने बेला आएको छ । विगत तीन महिनादेखि शिक्षण संस्था बन्द रहँदा पठनपाठन त हुन सकेको छैन, नियमित रूपमा पारिश्रमिक नआएको अवस्थामा लाखौँको संख्यामा रहेका शिक्षकको दैनिक जीवनमा बाधा–व्यवधान देखिनु सामान्य बनेको छ । परिस्थिति सामान्य भएका बेला त राम्रो सम्मान पाउन नसकेका निजी संस्थामा काम गर्ने शिक्षकको अहिलेको जनजीवन झन् बढी कष्टकर बनेको छ । सामान्य अवस्थामा पनि दैनिक जोहो (जस्तैः कोठाभाडा, खानेकुरा, विद्युत्, इन्टरनेट लगायत) आवश्यक खर्च धान्न कठिन हुने गर्छ भने लामो समय आफूले काम गरेको संस्थाबाट पारिश्रमिक नआउने वातावरण सिर्जना हुँदा मनसाय नै परिवर्तन हुने देखिएको छ । नेपालका प्रमुख सहरमा सञ्चालनमा आएका केही संस्थाले आर्थिक अभाव देखाएर ‘नो वर्क नो पे’, ‘बेतलबी बिदा’ आदि बहानामा शिक्षकलाई बिदा गरेको खबर आउन थालेका छन् । विषम परिस्थितिमा आफूले काम गरेको संस्थाबाट यस्तो किसिमको व्यवहार हुनुले आम शिक्षकमा फरक किसिमको मनोवैज्ञानिक असर देखिन थालेका हुन् । कालान्तरमा यसको प्रत्यक्ष असर ती र त्यस्तै संस्थामा पर्ने निश्चित प्रायः छ । ज्ञान दिने गुरुको महिमालाई संस्कृत भाषामा ‘गुरुर्विष्णुः गुरूर्देवो महेश्वरः, गुरुः साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः’ जस्ता श्लोकमा उल्लेख गरिए पनि केही निजी संस्थाले शिक्षकलाई ‘चाँहिदाको भाँडो, नचाहिँदाको ठाँडो’ जस्तै व्यवहार गरेका छन् । तर उनीहरुले कर्तव्य विमुख नभई विभिन्न प्राविधिक समस्याको उल्झनसँगै घरैबाट भए पनि शिक्षण सिकाइ क्रियाकलापमा सहयोग गरेकै छन् । कोरोनाले लोकप्रिय बनाएका अनलाइन लगायत शिक्षण पद्धति तिनै लगनशील शिक्षकका माध्यमबाट मात्र सफल भएको कुरा नकार्न सकिन्न । तथापि एक सामान्य शिक्षकको दैनिक जीवनयापनलाई सहज बनाउनुको साटो कतिपय शैक्षिक संस्थाका अप्ठेरो पार्ने किसिमका क्रियाकलापले शिक्षण पेसाप्रति नै आमशिक्षकको मनोभावना परिवर्तन भएको छ । यथार्थमा नेपालका निजी शैक्षिक संस्थामा काम गर्ने अधिकांश शिक्षकको आयस्रोत दैनिक जीवनयापन गर्न पनि नपुग्ने खालको छ । जसले गर्दा धेरैजसो शिक्षकले शिक्षण पेसालाई प्राथमिकतामा राखेको पाइँदैन । राम्रो अवसर नआउन्जेलसम्म मात्र शिक्षण पेसालाई अँगाल्ने र अवसरको खोजीपछि यसलाई लŒयाइनुले नेपालको शैक्षिक भविष्य कस्तो हुने हो, यो हेर्ने बाँकी छ । विद्यालय सञ्चालकको अनावश्यक दबाब, उचित पारिश्रमिकको अभाव, जागिरको कम सुनिश्चितता, समयमै तलब नपाउने, चाप्लुसीपनजस्ता व्यवहार आजका निजी संस्थामा काम गर्ने आमशिक्षकका मुख्य भोगाइ हुन् । शिक्षालाई सेवाभन्दा व्यवसायका रूपमा लिइँदा शिक्षासेवी भनिएका व्यक्तिको अकर्मण्यताका कारण आज शिक्षण पेसा नै अलोकप्रिय बन्ने अवस्थामा छ । शिक्षक नै शिक्षाको सफलता र असफलताको मुख्य कारण हो । शिक्षकले राम्रो शैक्षिक वातावरण उत्पन्न गरेको छ छैन भन्नेमा शिक्षाको सफलता र असफलता निर्भर रहन्छ । शिक्षकले शैक्षिक क्रियाकलापमा आफूलाई अब्बल राख्नुपर्छ । शिक्षक व्यक्तिगत रूपमा राम्ररी विकसित हुनुपर्दछ र अविछिन्न रूपले आफूलाई विकास गर्न जान्ने कार्यविधिमा दक्ष हुनुपर्छ, यसको मूल्यांकन कसले गर्ने ? यति हँुदाहुँदै पनि विभिन्न समस्याबाट गुज्रिरहेका शिक्षकलाई कोरोना महामारीले आक्रान्त पारेको छ । यस्तै कारण कतिपय शिक्षक शिक्षण पेसा नै छाडेर फरक किसिमका पेसा व्यवसायमा लागेका उदाहरण पनि हामीमाझ नै छन् ।‘सुखी नेपाली, समृद्ध नेपाल’ अहिलेको हाम्रो नारा छ । कोनारालाई पछ्याइरहेको नेपालले आजको कठिन परिस्थितिमा आमसर्वसाधारणसँगै शिक्षकका मनोभावनालाई समयमै सम्बोधन गर्न नसक्ने हो भने भोलिको त्यो स्वर्णिम समाज स्वैरकल्पनामा सीमित हुनेछ । जनजीवनलाई व्यवस्थित गराउँदै लैजाने क्रममा यथाशीघ्र सम्बन्धित सबैले आ–आफ्ना कर्मचारी सबैलाई हौसला दिने गरी सम्बोधन गर्नु जरुरी छ । शिक्षकको हितलाई ध्यानमा राख्दै यथोचित व्यवहार भएमा मात्र भोलिका दिन सुनौला बन्नेछन् । थोरै कमाइकै भरमा आफ्नो जीवन व्यतीत गरिरहेका ती शिक्षक नै आजको समाजका मार्गदर्शक हुन् । उचित समयमा सही आत्मसम्मानको अभाव हुँदा समाज परिवर्तनका संवाहक शिक्षकको मनोबल गिर्न सक्छ, जसकारण भविष्यमा नेपाली शैक्षिक जगत् कतातिर मोडिने हो, अनुमान गर्न गाह्रो छ । सर्वांगीण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट–२०१८ मा शिक्षक शिक्षा सम्बन्धमा यसरी उल्लेख गरिएको छ– तलब भत्ताको सन्तोषजनक स्केल र सामाजिक स्तर दिएर शिक्षण पेसाको उचित सम्मान, जसबाट यस पेसामा योग्य मानिस प्राप्त हुन सकून् । तर, शिक्षक र शैक्षिक संस्थाको हकहितका लागि स्थापित विभिन्न संस्था र कमजोर सरकारी नीतिले आज निजी शैक्षिक संस्था र त्यसमा आश्रित कर्मचारी लगायत शिक्षकको भविष्य सुनिश्चित हुन सकेको छैन । नातावाद, कृपावादको जालोबाट बेरिएका संस्थामा दिलोज्यान लगाएर मेहनत गरेकाहरू आज अलपत्र अवस्थामा छन् । Bishnu Sharma Nagrik News
Saturday, June 20, 2020
बाहुनले खाएको देश र बाख्राले खाएको बाली कहिल्यै उभो लाग्दैन किन?।
रौतहटका नेकपा जिल्ला कमिटी सदस्य बिजय साहमाथी संघातिक आक्रमण
Tuesday, June 16, 2020
निर्माण कार्य सम्पन्न नहुदै चिरा चिरा हुदै भत्किदै , बैतडीका प्रदेश सांसद लिलाधर भट्टको बजेट सिफारिसमा दोगडाकेदार ४ मा निर्माणाधीन श्रीकेदार मा वि, पिपलकोट वाल निर्माण कार्य सम्पन्न नहुदै चिरा चिरा हुदै भत्किदैछ
Sunday, June 14, 2020
गाउँपालिका–८, लुपुणको डाउडस्थित ६० लाख रुपियाँ लागतको सिँचाइ कुलो गुणस्तरहीन भएको जनगुनासो .........
सिँचाइ कुलोमा पानी बग्नुपर्ने हो तर पानी बग्ने स्तरको कुलो नबन्दा बैतडीका ३० वटा कुलोमा राज्यको करोडौँ रुपियाँ बग्ने भएको भएको छ । नेताले भनेका ठाउँमा कार्यकर्ताले टालटुले कुलो बनाएर भुक्तानी लिन सिँचाइ डिभिजन कार्यालय बैतडीमा भीड लाग्न थालेको छ ।
रकम भुक्तानी गर्न नेताको दबाब आउन थालेपछि स्थलगत निरीक्षण गर्दा ३० वटा कुलो पानी बग्ने स्तरको नभएको पाइएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । बैतडीको डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा पानी नै नबग्ने कुला बनेको कार्यालयले जनाएको छ ।
डिलासैनी गाउँपालिका–३ को महादेव बगड सिँचाइ योजना, सिमार खेत सिँचाइ योजना, ममरोडा सिँचाइ योजना, नौगाउँ सिँचाइ योजना, कन्देखोला सिँचाइ योजना, बगडी सिँचाइ योजना र कप्से सिँचाइ योजना, डिलासैनी–५ को शेराखेत र रज्यौडा सिँचाइ योजना, डिलासैनी–२ कै सेला सिँचाइ योजना र कल्ते खडखेत सिँचाइ योजनाको कुलो काम नलाग्ने बनेको पाइएको छ ।
त्यसैगरी सुर्नया गाउँपालिका–३ को खालीगैर सिँचाइ योजना र ४ को डोडेश्वर सिँचाइ योजना, पाटन नगरपालिका–९ को बडगाउँ सिँचाइ योजना र करेटा सिँचाइ योजना र दशरथचन्द नगरपालिका–४, घट्टीगाड खेतपाल सिँचाइ योजनाको कुलो काम नलाग्ने गरी निर्माण भएको सिँचाइ विकास डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ । यस्ता कुलो ३० वटा रहेका र भुक्तानी दिन नेताको दबाब आइरहेको कार्यालयले जानकारी दिएको छ ।
यस्ता काम नलाग्ने कुलोको भुक्तानी लिनेमा नेता नजिकका कार्यकर्ता रहेका छन् । नेतामार्फत फोन गर्न लगाएर भुक्तानी नदिए सिँचाइ विकास कार्यालयमै झुन्डिएर मर्नेसम्मका धम्की आउन थालेको सिँचाइ विकास डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ । सिँचाइ कुलोको स्थलगत निरीक्षण गर्दा कुलोमा पानी होइन, करोडौँ रुपियाँ बग्ने देखेपछि भुक्तानी रोकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख प्रकाश रावलले बताउनुभयो ।
उहाँले प्रश्न गनुभयो, “यस्तो कुलोमा करोडौँ रुपियाँ कसरी बगाउने ? सकेसम्म भुक्तानी नदिने भन्ने नै हो । १२ देखि २० लाख रुपियाँसम्मका ३० वटा सिँचाइ योजनाको काम गुणस्तरीय छैन । ”
सिगास गाउँपालिकामा प्रदेश र सङ्घीय सरकारमार्फत बनेका सिँचाइ कुलो गुणस्तरहीन, कार्यकर्ता बनाउने, नेता भुक्तानीको दबाव दिने , पैशा खल्तीमा जाने ।
सिँचाइ कुलोमा पानी बग्नुपर्ने हो तर पानी बग्ने स्तरको कुलो नबन्दा बैतडीका ३० वटा कुलोमा राज्यको करोडौँ रुपियाँ बग्ने भएको भएको छ । नेताले भनेका ठाउँमा कार्यकर्ताले टालटुले कुलो बनाएर भुक्तानी लिन सिँचाइ डिभिजन कार्यालय बैतडीमा भीड लाग्न थालेको छ ।
रकम भुक्तानी गर्न नेताको दबाब आउन थालेपछि स्थलगत निरीक्षण गर्दा ३० वटा कुलो पानी बग्ने स्तरको नभएको पाइएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । बैतडीको डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा पानी नै नबग्ने कुला बनेको कार्यालयले जनाएको छ ।
डिलासैनी गाउँपालिका–३ को महादेव बगड सिँचाइ योजना, सिमार खेत सिँचाइ योजना, ममरोडा सिँचाइ योजना, नौगाउँ सिँचाइ योजना, कन्देखोला सिँचाइ योजना, बगडी सिँचाइ योजना र कप्से सिँचाइ योजना, डिलासैनी–५ को शेराखेत र रज्यौडा सिँचाइ योजना, डिलासैनी–२ कै सेला सिँचाइ योजना र कल्ते खडखेत सिँचाइ योजनाको कुलो काम नलाग्ने बनेको पाइएको छ ।
त्यसैगरी सुर्नया गाउँपालिका–३ को खालीगैर सिँचाइ योजना र ४ को डोडेश्वर सिँचाइ योजना, पाटन नगरपालिका–९ को बडगाउँ सिँचाइ योजना र करेटा सिँचाइ योजना र दशरथचन्द नगरपालिका–४, घट्टीगाड खेतपाल सिँचाइ योजनाको कुलो काम नलाग्ने गरी निर्माण भएको सिँचाइ विकास डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ । यस्ता कुलो ३० वटा रहेका र भुक्तानी दिन नेताको दबाब आइरहेको कार्यालयले जानकारी दिएको छ ।
यस्ता काम नलाग्ने कुलोको भुक्तानी लिनेमा नेता नजिकका कार्यकर्ता रहेका छन् । नेतामार्फत फोन गर्न लगाएर भुक्तानी नदिए सिँचाइ विकास कार्यालयमै झुन्डिएर मर्नेसम्मका धम्की आउन थालेको सिँचाइ विकास डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ । सिँचाइ कुलोको स्थलगत निरीक्षण गर्दा कुलोमा पानी होइन, करोडौँ रुपियाँ बग्ने देखेपछि भुक्तानी रोकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख प्रकाश रावलले बताउनुभयो ।
उहाँले प्रश्न गनुभयो, “यस्तो कुलोमा करोडौँ रुपियाँ कसरी बगाउने ? सकेसम्म भुक्तानी नदिने भन्ने नै हो । १२ देखि २० लाख रुपियाँसम्मका ३० वटा सिँचाइ योजनाको काम गुणस्तरीय छैन । ”
Saturday, June 13, 2020
नेपाल को राष्टिय गान गाउदा कसरी उभिनु पर्छ भन्ने नजान्ने सांसदहरूले देशकाे निती बनाउलानर?
नेपाल को राष्टिय गान गाउदा कसरी उभिनु पर्छ भन्ने नजान्ने सांसदहरूले देशकाे निती बनाउलानर?
नेपाल को राष्टिय गान गाउदा कसरी उभिनु पर्छ भन्ने नजान्ने सांसदहरूले देशकाे निती बनाउलानर?
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपाल
प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए
माइतीलाइ दिएकाे बाचाँ पुरा नभए सांसद सरिता गिरी आत्माहत्या गर्ने
चुनाबका बेला खाएकाे पैशा र भारतलाइ दिएकाे बचन पुरा नभए सांसद सरिता गिरी आत्माहत्या गर्ने
Friday, June 12, 2020
सशस्त्र प्रहरी बललाइ सलाम छ जबरजस्ती नेपाल प्रवेश गर्ने जाे काेहीलाइ गाेली हान्नै पर्छ.....
नेपाल भारत सीमामा सशस्त्र प्रहरी बल र भारतीय नागरिकबीच झडप
झडपको क्रममा एक भारतीयको नागरिकको ज्यान गएको छ। तीन सशस्त्र प्रहरीसहित अन्य दुई भारतीय नागरिक घाइते भएका छन्।
झडपको क्रममा मृत्यु भएको पुष्टि गर्दै सशस्त्र प्रहरी बलको प्रदेश २ को छिन्नमस्ता बाहिनीका डिआइजी राजु अर्यालले भने, ‘हाम्रा सुरक्षाकर्मीको एसएलआर हतियार खोसेर फ्याँकेपछि झडप भएको हो।’
भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न लागेपछि झडप भएको हो। सो क्रममा सुरुमा १० राउण्ड हवाइ फायर गरिएको र पछि भारतीय नागरिकले हतियार नै खोसेर भागेपछि गोली चलाउनु परेको सशस्त्रले जनाएको छ।
त्यसैगरी हतियार खोस्ने भारत सितामढीका ४५ वर्षीय लगन राम पक्राउ परेका छन्। सुरुमा २०/२५ जनाको भारतीय समूह सर्लाहीको संग्रामपुरस्थित बोर्डर आउट पोस्ट नजिकबाट उनीहरु नेपाल प्रवेश गर्न लागेका थिए। सो क्रममा सशस्त्र प्रहरीले रोकेको थियो। उनीहरुले नेपालीचाहिँ छिर्न पाउने, हामीचाहिँ किन छिर्न नपाउने भन्दै विवाद गरेको सशस्त्रले जनाएको छ। त्यसको केही समयमा करिब एक सय जनाभन्दा बढी आएर सशस्त्र प्रहरीका एक हवल्दारमाथि नै हातपात गरेका थिए।
त्यसपछि स्थिती नियन्त्रणमा लिन १० राउण्ड हवाइ फायर गर्नुपरेको डिआइजी अर्यालले बताए। हवाइ फायर गरेपछि उनीहरुले सशस्त्र प्रहरीको साथमा रहेका एसएलआर बन्दुक नै लिएर फरार भएपछि गोली चलाउनुपरेको सशस्त्र प्रहरीले जनाएको छ।
Infokhabar.com
Thursday, June 11, 2020
श्रदेय कामरेड भिम रावल, MMC राेक्न किन सडकमा अाउनु भएन ?
श्रदेय कामरेड भिम रावल,
अभिवादन,
तपाइलाइ याे कुरा साेध्न मन लाग्याे ।
अछामको बुढिगङामा
बाल्यकालमा बाउती हान्दै वारपार गर्ने रावल आफ्नो एसएलसी उतिर्ण गरेर कर्णालीमा
पुल नहुदा भारतको बाटो हुँदै अनेकौं अप्ठेराहरुलाई छिचोल्दै काठमाडौ पुग्नु भो र
जिन्दगी केही सपनाहरुको गङामा पौडिन थाल्नु भो, तपाईको पौडी जारिछ। यो दुनियालाई थाहाछ। तपाईं जसरी १५ बर्षको
कलिलो युवा भारतको बाटो,
विभिन्न कष्ट भोग्दै, झेल्दै र भारतको सिमानको
दादागिरी कलिलो मस्तिस्कमा भरिभराउ गरेर काठमाडौ पुग्नु भैइ रत्न राज्यलक्षमी
क्याम्पसमा भर्ना हुनुभो। आर आर क्याम्पसको राजनितीक माहोल र तपाईको कलिलो
मस्तिस्कमा भरिएको भारतको दादागिरिको छाप साहेद तपाईं जिन्दगिको सबै भन्दा बलियो
अस्र थियो तपाईलाई आज यो राष्टको सबै भन्दा सच्चा देशभक्त बन्ने बाटोमा डोर्याई
रहने। अरुले अन्य मुद्दा उठाउदै गर्दा तपाईंले भोगेको भोगाईका बिरुद्धको लडाई लडन
धेरैलाई जगाउनु भो। पन्चायतको बिरुद्द लड्नु भो। साथै आफ्नो अध्ययनको उचाईलाई यति
उचाईमा पुर्याउनु भो साहेद त्यो उचाई त्यो त्रिभुवन बिश्वबिद्धालय त्यो बिभागमा
अझैसम्म कसैले पाउन सकेको छैन। तपाईको स्नातकोत्तरको थेसिस नै नेपाली कम्निष्ट
आन्दोलनको पहिलो लिखित पुस्तक तथा अनुसन्धान हुन पुग्यो। सायद त्यसको खण्डन गर्न
सक्ने अनुसन्धान भएको छैन। जसले तपाईको राजनितीको पौडिलाई गङाको बिच भागमा
पुर्यायो। दुनियाको नजर तपाईं प्रती खिचियो। पार्टी नेताहरुलाई आ-आफ्नो नजिकको
मान्छे भन्नेमा खिचातानी भो। एसएलसी पास नभएकाहरुले तपाईको सहयोग लिन थाले। बिदेशी
सङ सम्बाद गर्न English मा लेखिएका दस्ताबेजहरु
पढ्न, बुझ्न तपाईको सहयोग लिन
थाले। जस्ले गर्दा तपाईं सबैको प्रिय मान्छे बन्नु भो।
तपाईले भोगेको भोगाईका
कयौ समस्याहरु मध्येको एक थियो कर्णालीको पुल। त्यो अरुको पहलले बन्ने स्थितिमा
थिएन तर तपाइले धेरैले सुन्ने गरि कराउनु भो। दुनियाँले आवाज सुन्यो समयले कोल्टे
फेर्यो देशले लोकतान्त्रिक सरकार पायो, सरकारले शेरबहादुर देउबा जस्ता गृहमन्त्री पायो, तपाईं जस्तो सल्लाहकार
पायो र फलस्वरूप सुदुरपस्चिमले पुल पायो दादागिरी देखाउने बिस्तारबादले गतिलो
उत्तर पायो। लगत्तै २०५१ सालको ऐतिहासिक कम्निष्ट सरकारमा तपाईलाई समाबेश गरियो।
कारण एउटै थियो बिदेशी सङ सम्बन्ध स्थापित गर्नु थियो र राजनितीक र कानुनी बिषयमा
कुसलता पुर्वक बहस गर्न सक्ने मान्छेको खाचो थियो। र निरन्तर १५/२० बर्ष तपाइबाट
सिकारुहरुले धेरै सिके,
कसैले English सिके सक्सैले राजनिती
सिके कसैले कानुन सिके। पार्टिमा कुनै एस्तो कार्यदल बनेन जुन कार्यदलमा क. रावल
सदस्य नभएको होस।
अब, ६२/६३ को आन्दोलन पछि
माओबादिहरु सङ बैचारिक लाडाई लड्नु थियो। दुनिया माओबादिको त्रासमा चरिहरुलाइ
साथमा राखेर हिन्न थाले,
सेना समायोजन समितिको
सदस्य बन्ने आट सायदै कसैमा थिएन। सिङ्गो पार्टिले भन्यो रावल छन। तपाईले आँट
गर्नु भो बिना चरिहरु युद्दको भुमरीबाट आएका भुराहरुका भरुवा बन्दुकहरुलाई राज्यको
सम्पती बनाउन तपाईंले खेलेको भुमिका साहेद तपाईको बिरोध गर्ने कसम खाएर
लागेकाहरुले समेत लुकेरै भएपनी तपाईको प्रशंसा गर्छन। समय कठोर भएर बदलियो तर
तपाईको कठोरतामा लड्न सक्ने तागत खारिदै गयो। माधब नेपालको नेतृत्वमा सरकार बन्ने
स्थिती भो तर माओबादिको जरजरतामा गृहमन्त्री चलाउने साहस अहिलेका भाले हुँ
भन्नेहरु सङ्ग फिटिक्कै थिएन र तपाईलाई रोजियो।
संविधान सभामा मओबादी र
मधेसी सङ बैचारिक बहस गर्ने तागत त्यतिबेला हरूवा र भरुवाहरु सङ्ग थिएन। जातिय
मुद्दाको बीउ, नेपालको नाम र नक्सा
फेर्ने बिदेशी षडयन्त्र ध्वस्त पार्नु थियो। तर अहिलेका भाले हुँ भन्नेहरु न त
संविधानसभा भित्र थिए न त बाहिर बसेर बहस गर्ने सामर्थ्य राख्थे। त्यसैले कुनै पनि
बैठकमा क. रावल बिना जान आँट कहिलै गरेनन। तपाईं माथी कयौं चोटि संविधान सभा भित्र
कहिले माओबादी, कहिले मधेशबादी त कहिले
काङ्ग्रेसका बिमलेन्द्रहरु जस्ताले भौतिक आक्रमण गर्न खोजे। तपाईं लडिरहनु भो तर
तपाईले A B C D सिकाएकाहरुले ए हामी पनि
छौं कहिलै भनेनन बरु रमिते बनेर ताली बजाए। तर सपना चुम्न हिनेको योद्धा कहिल्यै
थाकेन। अगि बढी रह्यो।
नेपालमा संविधान बन्यो
एमालेले सरकारको नेतृत्व गर्ने अवसर त आयो तर छिमेकीले नाकाबन्दी गर्यो। क. ओलिको
नेतृत्वमा सरकार गठन भो। त्यतिन्जेल उनी धेरैका बा भैसकेका थिए र चेलाहरुलाई सोधे
कस्ले कुन मन्त्रालय बस्ने भनेर तर सबै चेलाहरुको एउटै स्वर थियो यो अवस्थामा क.
रावललाई जस्सरी नि सरकारमा समावेश गर्नु थियाे । उहाँसंग राष्ट्रियताको चट्टानि
अडान र जोखिम मोल्न सक्ने तागत छ। चेलाहरुको सल्लाह र आफ्नो पुरानो अनुभवलाई हेरेर
ओलिले जस्सरी भएपनी सरकारमा समावेश गर्ने निर्णय गरे। तपाईलाई उपको पगडी कसेर
मैदानमा दौडाई यो र आफुले राष्टियताको झण्डा समाए। सरकार सफल भयो । ओलिको हाई हाई
भो। तर जस्को काधमा चढेर सबै भन्दा अग्लो देखिन खोले क. ओलिले उनैलाई आज बाई बाई
गरे। सायद अहिले फेरि समय कठोर भएर वदलिएको छ। पार्टी एक भो, चेलाहरु अहिले जान्ने
भएका छन, समय कठिन छैन सहज छ, सरकारको थाहित्व छ, फेरि फर्केर जनतामा आउनु
छैन, A B C D होइन आज अङ्ग्रेजीमै भाषण
हान्ने भएका छन। त्यसले,
खोला तर्यो लौरो बिर्सियो, स्वभाविक हो?
त्यतिबेला अवयुगको अप्सरा
जस्तो हाई हाई भएको सरकार आज फर्केर हेर्दा सयउ गलत निर्णयको सिकार भएको छ। दुनियाँको
आखाको नानी बनेका ज्ञानिहरुको माया जनताको नजरमा लगभग खरानी भएको छ। जुन विधेयक
ल्याउदा नि जनताको पुर्ण साथ सहयोग पाउने त्यो सरकार आज कुनै पनि विधेयक पारित
गर्न सक्ने हैसियत राख्दैन तर दुनियाँका नन्दिभिरुङ्गीहरुलाई समावेश गरेर दुईतिहाई
छ भनेर घमण्ड गर्छ।
तर, कामरेड, महिनउ काँध थापेर अर्कोलाई
झण्डा समाउन त मैल त जीवन भरी नै उठाएको छु, अझै उठाईरहन्छु भन्ने त्यो फरकिलो छाती भएको अटल योद्धा झन्डा
हल्लाउने यात्रीको टोकरिको तारो होला तर जनताको नजरको तारो त्यि यात्रीहरु नै
बनेका छन।साथै तपाईं तिनै जनताको आँखाको नानी हुनुभएको छ। यत्ती न हो तपाईको
काँधमा टेकेर संसारक सबै भन्दा अग्लो मान्छे ठान्ने बहादुरहरु आज एक टुक्रा
क्षेत्रको मुखिया जस्तो देखिन्छन तर तपाईं जनताको आवाज, आन्दोलनको नायक।
अन्तमा, कामरेड, तपाईका पनि कयौं कमजोरी छन् हाेलान् तिनिहरुलाई तपाईले चिन्नै पर्छ र सच्याउन पर्ने खालका भए सच्याउन पर्छ त्यो तागत तपाईं सङ्ग छ। तपाईले उठाएका हरेक मुद्दा आज जनताका सरोकारका मुद्दा हुन। तर तपाईं जसरी मैदानमा लडिरहनु भएको छ त्यसरी नै तपाईको पक्षमा हजारौं हजार युवाहरु प्रत्यक्ष/अप्रत्यक्ष रुपमा लडिरहेका छन र तपाईको यो स्वाभिमानी लाडाईमा हमेसा साथ दिई नै रहने छन। तर, त्यी तपाईका सुभचिन्तकहरु सामु तपाईका बिरोधिहरुले लगाउने एउटै मात्र प्रश्न बाकी छ क. रावलले मन्त्री पद नपाएर र पाउनका लागि बोलिरहेका हुन भनेर। सायद म जस्ता धेरै शुभचिन्तकहरुले झेलेको प्रश्न हुन पर्छ यो। त्यसैले, मेरो प्रिय कामरेडलाई मेरो हृदयको गहिराईबाट यो क. माक्सको जन्म भुमिमा बसेर हार्दिक अनुरोध छ कि तपाईले जिवनमा उपप्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाली सक्नु भएको छ अब तपाईको नेतृत्व हेर्न जनता आतुर छन। तसर्थ, तपाईले सार्वजनिक रुपमा अब म मन्त्री/उपप्रधानमन्त्री बन्दिन अब म जनताको प्रिय प्रधानमन्त्री बन्ने अवसर आए बन्छु नत्र बाँकी जीवन पार्टिको जिम्मेवारी सम्हालेर बस्छु भनेर जनता माझ बाचा गर्ने विनम्र अनुरोध गर्दछु। यदि तपाईले यत्ती गर्नु भएछ भने तपाईले २०६३ शिक्षामन्त्री छोडेको भन्नेकुरा जनताले बिश्वास गर्नेछन। तपाईमा त्यागको भावना समेत त्यत्तिकै बलियो रहेछ भन्ने जनताले आभास गर्नेछन। तपाईका आधा बिरोधी त्यतिकै बेहोस हुनेछन, तपाईंले गर्दा आफ्नो मन्त्री पद गुमाइने हो कि भनेर डराएकाहरु तपाईको भक्त हुनेछन। मैदानमा प्रत्यक्ष/अप्रत्यक्ष लडिरहेका तपाईका सुभचिन्तकहरुको मनोबल उच्च हुनेछ। तपाईलाइ जनताले उच्च सम्मान गर्नेछन। तपाईको काँधमा बसेर संसारकै अग्लो र सबै भन्दा राष्टबादी देखिएकाहरुले तपाईलाई दिईरहेका धम्की, आश्वासन र षड्यन्त्रका जालहरु सदाको लागि रद्दिको टोकरिमा सेलाउनेछन र तपाईलाइ राजनेता बन्ने बाटोको आधा तगारो हटेर तपाईं पौडेको बाउली खोला र बुढिगङ्गामा जसरी वार पार गर्नुहुन्थ्याे त्यसरी नै तपाईको सपनाको गङ्गामा पौडेर आफू पारी पुगेर देश र जनतालाई समेत तार्न सफल हुनुहुन्छ।
नेपालको भौगोलिक अखण्डताको निम्ति निरन्तर आवाज उठाउदै नेपालको समग्र भूमी सहितको नक्शा जारी गर्नुपर्छ भन्ने सम्पूर्ण देशभक्त नेपाली लिर अान्दाेलन खैै ???,
सुदूरपश्चिममा थप तीनवटा पिसिआर मेसिन ल्याउने तयारी
Mohan Singh Air
Sigas Rural Municipality- 8
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिममा थप तीनवटा पिसिआर मेसिन ल्याउने तयारी भइरहेको बताउनु भएको छ । सुदूरपश्चिममा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे बुझ्न संघीय सरकारको एक टोलीको नेतृत्व गर्दै बिहीवार गृह क्षेत्र पुग्नु भएका मन्त्री भट्टले धनगढी बिमानस्थलमा पत्रकार सम्मेलन गरी परीक्षणलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले दुई वटा पहाडी जिल्लाका लागि र एउटा कञ्चनपुर जिल्लाका लागि पिसिआर मेसिन ल्याउन लागिएको जानकारी दिनुभयो ।
प्रदेशमा कोरोनाको असर कम गर्न तथा भारत लगायतका मुलुकबाट फर्किएका नेपालीलाई उद्यमशीलता तथा नेपालमै श्रम गर्न सम्भाव्यताबारे पनि छलफल गरिने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय सहयोगी संस्था युएनडिपीका प्रतिनिधिसहित संघीय सरकारको उक्त टोलीले सुदूरपश्चिममा कोरोना संक्रमणको अवस्था, चेकजाँच, जनशक्ति तथा स्वास्थ्य सामग्रीहरुको आवश्यकता, परीक्षणको अवस्था तथा आगामी दिनहरूमा चाल्नुपर्ने कदमको बारेमा स्थलगत अध्ययन गर्ने बताइएको छ ।
हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ जेठ ।
मान्छेलाई ज्याला दिएको देखाएर डोजरलाई रकम भुक्तानी । एकवर्षे बालकले एक महीना काम गरेर रु.१७ हजार भुक्तानी ।
बझाङमा मान्छेलाई ज्याला दिएको देखाएर डोजरलाई रकम भुक्तानी गर्दा यतिसम्म नक्कली काम भएको छ कि– एकवर्षे बालकले एक महीना काम गरेर रु.१७ हजार भुक्तानी लिएको कागजात सरकारी अभिलेखमा छ educaionaleye.blogspot.
बझाङको तल्कोट गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा छडाखेत–मालिका–दाँतोला सडक खन्ने निर्णय ग¥यो । यो कामका लागि जोगगिरी बिष्टको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन गरियो ।बझाङको तल्कोट गाउँपालिकाको धमेना–ढुङ्गाना सडक निर्माणमा परिचालन गरिएको डोजर । तस्वीरहरूः भुवनबहादुर सिंह
रु.६४ लाख खर्च गरेर सडक खन्ने काम सकियो पनि । यति ठूलो रकम खर्च गरेर उपभोक्ता समितिले कसरी यो सडक खनेछ भनेर बुझ्न हामीले सूचनाको हक प्रयोग गरेर सबै कागजात माग्यौं । तल्कोट गाउँपालिकाले सडक निर्माणसँग सम्बन्धित कागजातहरू डिजाइन, इस्टिमेट, उपभोक्ता समितिका निर्णयहरू, कार्यसम्पन्न प्रतिवेदन, डोर हाजिरी फारम लगायतका विवरणहरू उपलब्ध गरायो ।
कागजात अध्ययन गर्दा सडक उपभोक्ता र गाउँलाई नै आश्चर्यमा पार्ने विवरणहरू भेटिए । यो सडक खन्न ३६२ जना कामदारले ३२ दिन काम गरेका रहेछन् । तल्कोट गाउँपालिका वडा नं ६ र ७ का ती कामदारहरूले दिनको रु.५५० का दरले प्रतिव्यक्ति रु.१७ हजार ६०० बुझेर हस्ताक्षर गरेको पनि भेटियो ।
३५० जनाले ३२ दिन नै काम गरेको र बराबर रकम (रु.१७ हजार ६००) बुझेको कागजात अव्यावहारिक र अस्वाभाविक थियो । यसमा शंका लागेपछि हामी यथार्थ बुझ्न सम्बन्धित व्यक्तिहरूलाई भेट्न गाउँमा गयौं । सडक निर्माणमा संलग्न भनिएका गाउँपालिकाको वडा नं ६ र ७ का लुगाडा, कोटलगाउँ, रजाडा, धामीगाउँ, वेतकाला, दाँतोला लगायतका गाउँमा पुग्दा यथार्थ अर्कै भेटियो ।
सडक खन्ने काममा संलग्न भएको सूचीमा स्थानीय श्यामबहादुर बिष्टको पनि नाम थियो । उनले ३२ दिन काम गरेर रु.१७ हजार ६०० बुझेको डोर हाजिरी (कसले कति दिन काम ग¥यो भनेर राखिएको हस्ताक्षर सहितको विवरण) मा उल्लेख छ । हामीले त्यो कागजात देखाउँदा उनी छक्क परे । बिष्टले भने, “म सडक खन्न गएको छैन, रकम पनि बुझेको छैन । यो सबै नक्कली हो ।”
सडक खन्ने काम गरेर रकम बुझेको सूचीमा स्थानीय कैले चनाराको नाम र हस्ताक्षर पनि छ । डोर हाजिरीमा उनका बाबुको नाम उल्लेख गर्नुपर्ने ठाउँमा देव्या चनारा लेखिएको छ । जबकि चार वर्षदेखि कैले गाउँमै छैनन् । न त देव्या चनारा उनका पिता नै हुन् । वडा सदस्य समेत रहेकी छिमेकी धर्मा चनाराले भनिन्, “खासमा देव्या चनारा कैलेका भाइ हुन् ।”
डोर हाजिरी पल्टाउँदै जाँदा वडा सदस्य धर्मा चनारा स्वयंले पनि ३२ दिन काम गरेर रु.१७ हजार ६०० बुझेको देखियो । उनको बाबुको नाम धौल्या चनारा उल्लेख गरिएको विवरण देखाएपछि धर्मा आक्रोशित भइन् । “मेरो बुवाको नाम गहिन्द्या कामी हो । धौल्या त मेरो छोरो हो । न मैले यो सडकमा काम गरेकी छु, न पैसा नै बुझेकी छु । छोरालाई बाबु बनाएर कुन पापीले यस्तो गरेछ ?” उनले भनिन् । उनले आफू वडा सदस्यको हैसियतले सडक निर्माणको क्रममा केही दिन अनुगमन गर्न मात्रै गएको तर कुनै रकम नबुझेको बताइन् ।
खोज्दै जाँदा गाउँमा हँुदै नभएका मानिसको नाम समेत राखेर हस्ताक्षर गरेको पनि भेटियो । डोर हाजिरीमा लालबहादुर धामीका छोरा भनेर हरिबहादुर धामीको हस्ताक्षर छ । तर, यो नाम गरेको मान्छे गाउँमै नभएको स्थानीय रमेश बिष्टले बताए । सडक खन्ने काममा संलग्न किशोर धामी, प्रताप धामी लगायत २७ जनाको नाम र हस्ताक्षर डोर हाजिरीमा छ तर ती नाम गरेका मानिस यो गाउँमा कोही पनि छैन ।
कसरी भयो यस्तो ? स्थानीय रमेश बिष्टले रहस्य खोले । “यहाँका कुनै पनि मान्छेले एक दिन पनि सडक खन्ने काम गरेका छैनन् । बाटो खन्ने काम डोजरले गरेको हो । समितिका मान्छेले पैसा खान हुँदै नभएका मानिसको नाम लेखेर किर्ते सही गरेका हुन्”, बिष्टले भने ।
बिष्टका अनुसार, डोजरले केही घण्टामा गरेको कामलाई मानिसले महीनौं दिन गरेको देखाएर हिसाब मिलाएपछि ठूलो रकम कमिशन खान मिल्ने भएकोले यो नक्कली काम गरिएको हो । सुदूरपश्चिमको पहाडी क्षेत्रमा यो प्रवृत्ति सामान्य जस्तै छ ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जोगगिरी बिष्टले पनि डोर हाजिरी फारममा भएका विवरण सबै नक्कली भएको स्वीकारे । लगातार दुई आर्थिक वर्ष सोही सडकको उपभोक्ता समितिका अध्यक्ष भएका बिष्टले यो सडक निर्माणमा दुई वर्ष गरेर रु.१ करोड १४ लाख खर्च भएको जानकारी दिए ।

बिष्टले भने, “काम सबै डोजरले गरेको हो, डकुमेन्ट मिलाउनलाई श्रीमान्–श्रीमतीको समेत नाम राखेर गाउँपालिकामा पेश गरेका हौं ।” उनले दुई वर्ष काम गर्दा त्यो रकमले कति सडक खनियो भन्ने कुरा बताउन भने सकेनन् । उनले भने, “दुई वर्षमा कति लम्बाइको सडक काटियो भन्ने मैले हिसाब गरेको छैन । यो त नापेरै मात्रै भन्न सकिन्छ ।”
यसपछि हामीले गाउँपालिकाले नै खनेको मालडाँडा मष्टादेखि किदन्नसम्मको सडकका कागजातहरू हे¥यौं । त्यहाँ पनि मानिसले काम गरेको डोर हाजिरी भेटियो । हामीले त्यसमा हस्ताक्षर गरेर पैसा बुझेका भनिएका मानिसहरू खोज्यौं । यो सडकमा पनि ३२ दिन काम गरेको भनेर दिनको रु.५५० को दरले २२४ जनालाई प्रतिव्यक्ति रु.१७ हजार ६०० का दरले भुक्तानी गरेको विवरण गाउँपालिकामा पेश गरेको भेटियो ।
यहाँ पनि डोर हाजिरीमा उल्लिखित विवरणहरू सबै नक्कली थिए । हस्ताक्षर गरेर रकम बुझेको भनिएका धेरैजसो व्यक्ति गाउँमै भेटिएनन् । जति भेटिए उनीहरू आफ्नो नाममा नक्कली हस्ताक्षर गरेर रकम झिकिएको थाहा पाएर छक्क परे, कोही रिसले मुर्मुरिए । यहाँ पनि छडाखेत, मालिका, दाँतोला सडक निर्माणमा झैं सबै कागजात नक्कली बनाइएका थिए ।
यतिसम्म कि उपभोक्ता समितिकै सदस्यको नाममा पनि नक्कली हस्ताक्षर गरेर रकम बुझेको कागज भेटियो । उपभोक्ता समिति सदस्य रहेकी ५६ वर्षीया चन्दा धामीलाई हस्ताक्षर गर्न आउँदैन तर डोर हाजिरी फारममा उनले पनि ३२ दिन काम गरेर रु.१७ हजार ६०० बुझेर हस्ताक्षर गरेको देखाइएको छ ।
विवरण देखाउँदा आफूले त्यो रकम बुझ्दै नबुझेको भनेर चन्दाले कसम खाइन् । समितिमा बसेको भएर अनुगमन भत्ता रु.६ हजार लिएको बताउँदै उनले भनिन्, “६ हजार भन्दा बढी मैले लिएको भए, यो किउँडाला मस्टोले मेरो नष्ट गरोस् । म कहिल्यै बाटो नपाऊँ ।”
यो सडक खन्ने काम गरेर रकम बुझेको देखाइएका धेरैजसो व्यक्ति लामो समयदेखि गाउँमै थिएनन् । स्थानीय जोगी धामी भारतको बैङ्गलोर बस्न थालेको १५ वर्ष भयो तर डोर हाजिरीमा उनको पनि नाम छ ।
तल्कोट गाउँपालिकाको धामीगाउँका चेतन धामी तीन वर्षदेखि भारतमा एमबीए पढिरहेका छन् । लालबहादुर धामी र रमेश धामी पनि १० वर्षदेखि भारतमा छन्, घर आएका छैनन् । गाउँको विकास बारे बेखबर उनीहरूका नाममा पनि रकम बुझेर हस्ताक्षर गरेको कागज देखेपछि आफन्तबहादुर धामी झोक्किए । उनले भने, “खाने भए आफ्नै शाखा–सन्तानको नाम राखेर खाए भै हाल्यो नि ! हाम्रा घरमै नभएका मान्छेको नाम पनि बेचेर खाने ?”
नक्कली काम गर्दा यस्तोसम्म भएछ । डोर हाजिरीमा धामीगाउँका लोकेन्द्र धामीका एक वर्षका छोरा उमेश धामीको नाम पनि छ । मालडाँडा किदन्न सडकमा ३२ दिन काम गरेर रु.१७ हजार ६०० बुझ्नेहरूको सूचीमा उनको पनि हस्ताक्षर सहितको नाम छ । यो थाहा पाएपछि स्थानीयहरू चकित भएका थिए ।
यो सडक निर्माणका लागि तल्कोट गाउँपालिकाले पछिल्ला तीन आर्थिक वर्षमा रु.१ करोड १५ लाख खर्च गरेको छ । लगातार तीन आर्थिक वर्ष सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भएका देवराज धामीलाई यसबारेमा प्रश्न गर्दा शुरूमा उनले हाकाहाकी ढाँटे । त्यस्तो हुनै सक्दैन, तपाईंहरूलाई कसले सुनायो यो कुरा भनेर उनले उल्टै हामीलाई प्रश्न गरे ।
हामीसँग उपभोक्ता समितिले गाउँपालिकामा पेश गरेका सबै कागजात र विवरणको प्रमाणित प्रतिलिपि रहेको र सम्बन्धित व्यक्तिलाई भेटेर यो मामिला पुष्टि गरिसकेको बताएपछि भने उनी हच्किए । उनको बोली फेरियो । धामीले भने, “शुरूको वर्षमा डोजरबाट काम गरेको भए पनि डोर हाजिरी भर्नुपर्छ भनेकोले त्यसो गरेका हौं । आजभोलि त्यस्तो छैन । डोजरकै बिल राखेका छौं ।”
हामीले गरेको अध्ययनबाट तल्कोट गाउँपालिकाले निर्माण गरेका सबैजसो सडकहरूमा श्रमिकले काम गरेको देखाएर भुक्तानी लिने तर डोजरले बाटो खन्ने काम गरेको भेटियो । यो गाउँपालिकाले तीन आर्थिक वर्षमा करीब रु.७ करोड खर्च गरेर १० वटा सडक खन्ने काम गरेको र ती सडकको लम्बाइ ५५ देखि ६० किलोमिटर रहेको गाउँपालिका अध्यक्ष लालबहादुर बिष्टले बताए ।
उनले डोजरबाट काम गराएर श्रमिकको नाममा किर्ते भुक्तानी दिएको कुरा शुरूमा अस्वीकार गरे । शुरूमा सडकको ग्याबिन भर्ने र पर्खाल लगाउने काममा प्रयोग भएका मानिसको नाममा डोर हाजिरी भरिएको र बाँकी डोजरकै बिल राखेको दाबी गरे । तर कुरा गर्दै जाँदा उनले पनि बोली बदले । गाउँपालिकाबाट प्राप्त विवरणको स्थलगत पुनर्पुष्टि (भेरिफाई) गर्दा सबै किर्ते भेटिएको जानकारी गराएपछि उनले भने, “कानूनी कुरा नमिलेर कतै त्यसो गरिएको छ भने यो कुरा भुक्तानी दिने इन्जिनियर र प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुस् । भित्र कसैले केही गरेको छ भने मलाई थाहा छैन ।”
सुनुवाई पनि किर्ते
यसपछि हामीले जिल्लाको सबैभन्दा दक्षिणको बुङ्गल नगरपालिकाले कसरी सडक खन्ने काम गरिरहेको छ भनेर अध्ययन ग¥यौं । त्यहाँ त डोर हाजिरीको मात्रै होइन, सार्वजनिक सुनुवाईकै नक्कली विवरण बनाएर भुक्तानी लिएको भेटियो ।

बुङ्गल नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा गरेको विजगडा–कफलसेरी सडक मर्मतको योजना स्थल र यसका उपभोक्ता समक्ष पुग्दा तल्कोटको भन्दा खराब हालत भेटियो । उपभोक्ता समितिले नगरपालिकामा पेश गरेको डोर हाजिरी फारम मात्रै नभई सार्वजनिक सुनुवाईमा उपस्थित भएका भनेर गाउँका मानिसको नाम लेख्दै नक्कली हस्ताक्षर गरेको भेटियो ।
उपभोक्ता समितिले नगरपालिकामा पेश गरेको सार्वजनिक सुनुवाईको विवरणमा बुङ्गल नगरपालिका वडा नं ८ झापाका जयबहादुर सिंहको हस्ताक्षर छ । तर उनी सार्वजनिक सुनुवाईमा उपस्थित हुनु परै जाओस्, गाउँमा आएको त्यो योजनाको बारेमा सामान्य जानकार समेत छैनन् ।
सार्वजनिक सुनुवाईमा उपस्थित भएर गरेको हस्ताक्षर सहितको निर्णयको प्रतिलिपि देखाउँदा उनी मात्रै हैन त्यहाँका स्थानीय छक्क परे । “हामीलाई योजना आएको पनि थाहा छैन, न यहाँ कुनै सार्वजनिक सुनुवाई नै भएको छ । मेरो मात्रै हैन, सबैको हस्ताक्षर किर्ते हो”, जयबहादुरले भने ।
सोही सार्वजनिक सुनुवाईमा हस्ताक्षर भएका अर्का स्थानीय नवराज कुँवरले अचम्म मान्दै भने, “मलाई यहाँ योजना आएको र उपभोक्ता समिति बनेको नै थाहा छैन । सार्वनजिक सुनुवाई कसरी थाहा हुनु । यो हस्ताक्षर मेरो होइन ।” उनका भनाइमा न त नगरपालिकाले गाउँमा कुनै योजनाका लागि सार्वजनिक सुनुवाई गरेको छ, न उपभोक्ता समिति नै गठन गरेको छ । कुँवरले भने, “सबै नक्कली काम हो ।”
तीन वर्षको अवधिमा रु.१४ करोड बढी खर्च गरेर १४ वटा सडक निर्माण गरेको बताउने बुङ्गल नगरपालिकाका मेयर धनबहादुर बिष्टले डोर हाजिरी र अन्य विवरणहरू किर्ते गरेको विषयमा अनभिज्ञता प्रकट गरे । बिष्टले भने, “त्यो विषयमा मलाई थाहा भएन । प्राविधिकहरूले के गरे ? वडा कार्यालयले कसरी सिफारिश ग¥यो ? उनीहरूलाई नै थाहा होला ।”
आफूले राम्रो काम गर्नुहोस् भन्ने गरेको र सडक निर्माण सम्बन्धी कागजातहरू आफूले नहेर्ने बताउँदै मेयर बिष्टले भने, “नगरपालिकाको डोजरले प्रति घण्टा चार हजारमा काम गर्ने निर्णय गरेका छौं । तर हाम्रो डोजर काम नपाएर खाली भएको अवस्थामा पनि रु.६/७ हजार प्रति घण्टामा प्राइभेट डोजर लगाउने काम गरेका छन्, गल्ती गर्नेहरू जान्छन् ।”
कमिशनको लागि किर्ते
हामीले अध्ययन गरेका तल्कोट, सुर्मा, मष्टा, खप्तडछान्ना, वित्थडचिर र दुर्गाथली गाउँपालिका तथा बुङ्गल नगरपालिकाका सबैजसो सडकमा यो विकृति भेटियो । एकजना डोजर संचालकले भने, “लगभग सबैजसो डोर हाजिरी उपभोक्ता समितिको सहयोगमा मैले नै तयार गरिदिएको हुँ ।”
फर्जी डोर हाजिरी बनाएर डोजर सञ्चालकलाई रकम भुक्तानी दिनुको भित्री रहस्यबारे उनले भने “बजेट यति छ, हामीलाई यति प्रतिशत कमिशन दिने गरी काम गर्नुहोस् भनेर जनप्रतिनिधिले भन्छन् । हामीले पनि करोडौं रुपैयाँ लगानी गरेर डोजर किनेका हुन्छौं । लगानी उठाउनलाई उनीहरूका शर्त मान्नुपर्ने बाध्यता छ ।”
उनले रु.५० लाखको योजनामा रु.१५ लाखसम्म उपभोक्ता समिति र गाउँपालिकाका पदाधिकारीलाई दिएको बताए । ती डोजर सञ्चालकले भने, “हामी त आफूले काम गरेको रकम मात्रै लिन्छौं, बढीको कागज मिलाएर उनीहरूलाई नै दिने हो ।”
बझाङका पाँच भन्दा बढी स्थानीय तहका सडक निर्माणमा संलग्न यी डोजर संचालकले जनप्रतिनिधिलाई फर्जी कागज बनाउन लगाएर लाभ लिने गरेको दाबी गरेपछि हामीले यस सम्बन्धी थप प्रमाणहरू खोज्यौं ।
विभिन्न उपभोक्ता समितिका पदाधिकारीसँग कुराकानी ग¥यौं । महालेखा परीक्षकको प्रतिवेदन, स्थानीय तहका नीति तथा कार्यक्रम लगायतका प्रतिवेदनहरूको अध्ययन ग¥यौं । यी कागजात हेर्दा उपभोक्ता समितिका मुख्य पदाधिकारीहरू तथा जनप्रतिनिधिहरू डोजर प्रयोग गरेर श्रमिकले काम गरेको नक्कली कागजात बनाएर लाभ लिन संगठित रूपमै लागेको भेटियो ।
केही दृष्टान्त हेरौं, आर्थिक वर्ष २०७५/७६ मा खप्तडछान्ना गाउँपालिकाले गडराय गोर्खाली झरना पर्यटकीय सडक निर्माणका लागि उपभोक्ता समिति गठन ग¥यो । उपभोक्ता समितिका अध्यक्ष थिए, हर्क चौहान । रु.३० लाखको यो सडक निर्माणमा सोही गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष तिलक खड्काको डोजर प्रयोग गरियो ।
अनौठो के भयो भने निर्माण सामग्री र सेवा खरीद गर्ने अधिकार भएको उपभोक्ता समितिले डोजर मालिकसँग दर रेटको बारेमा कुनै छलफल पनि गरेन । अनि निर्माण सेवा लिंदा कम्तीमा तीनवटा सेवा प्रदायकबाट गोप्य रूपमा दरभाउ पत्र लिनुपर्ने खरिीद नियमावलीले तोकेको प्रक्रिया पनि पूरा गरेन ।
“गाउँपालिकाले तिलक खड्काको डोजर प्रयोग गर्ने निर्णय गरेको छ । घण्टाको रु.६ हजार ५०० हो, त्यही अनुसार गर्नुहोला भनेर अध्यक्ष (गाउँपालिका अध्यक्ष वर्कबहादुर रोकाया) ले भन्नुभयो” उपभोक्ता समितिका अध्यक्ष हर्क चौहानले भने “हामीले त्यसै अनुसार काम गरेका हौं । बाटो काट्यो कि काटेन भनेर हेर्ने काम हामीले गरेका हौं, डोजरको ‘रेट’ तोक्ने काम गाउँपालिकाले गरेको हो ।”
चौहानका भनाइमा, डोजरले काम गरेको भए पनि कागज मिलाउन डोर हाजिरी फारम भर भनेर गाउँपालिकाले भनेको थियो । यसैले रु.३० लाखमध्ये रु.२५ लाखको काम मान्छेले गरेको भनेर २०० जति मान्छेको किर्ते हस्ताक्षर गरेर डोर हाजिरी गाउँपालिकामा पेश गरियो । चौहानले भने, “कतै कतै मात्र कडा चट्टान डोजरले काटेको भनेर देखाउनलाई रु.५ लाख बराबरको डोजरको र डिजलको ‘बिल’ पेश गरेका हौं ।”
“हामीले प्रति घण्टा रु.५ हजारसम्ममा काम गरिदिन्छौं भन्ने डोजर सञ्चालक पनि भेटेका थियौं” सोही उपभोक्ता समितिका सचिव मंगलबहादुर खड्का भन्छन्, “गाउँपालिकाले वडाध्यक्षकै डोजर प्रयोग गर्ने निर्णय नै गरिसकेको भनेपछि महँगो भए पनि त्यही डोजर प्रयोग गर्न बाध्य भयौं ।”
खप्तडछान्ना गाउँपालिकाले निर्माण गरेका प्रायः सबै सडकमा वडाध्यक्ष खड्काकै डोजर प्रयोग भएको छ । काम डोजरले गरे पनि सबैजसो सडक योजनाको रकम भुक्तानी गर्दा भने श्रमिकले काम गरेको फर्जी डोर हाजिरी पेश गरिएको छ । खड्काले आफ्ना दाजु दर्शन खड्काको नाममा डोजरको कारोबार गर्दै आएका छन् ।
यो गाउँपालिकाले तीन आर्थिक वर्ष (२०७४/७५ देखि २०७६/७७ सम्म) मा करीब रु.४ करोड लगानी गरेर सात वटा सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए । यद्यपि उनले एउटै डोजर प्रयोग गर्नुपर्छ भनेर गाउँपालिकाले कुनै निर्णय नगरेको बताए । उनले भने, “गाउँपालिकाले त्यस्तो निर्णय गरेको छैन । टाढाबाट डोजर ल्याउनु भन्दा गाउँमै भएको डोजर प्रयोग गरौं भनेर खड्काको डोजर प्रयोग गरेको हो, गाउँपालिकाले त्यस्तो निर्णय किन गर्नु ?” डोजरबाट काम गराएर श्रमिकको नाममा भुक्तानी दिएको बारेमा आफूलाई थाहा नभएको बताउने उनले भने, “इन्जिनियरहरूले कसरी मिलाए, मलाई खासै थाहा छैन ।”
सडक निर्माणमा भएको बेथिति खोज्दै जाँदा सुर्मा गाउँपालिकामा निर्माण भएका सडकहरूमा पनि व्यापक अनियमितता भएको भेटियो । यो गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा निर्माण गरेको धनिधारा नाउला विछाडा सडकमा काम भए/नभएको यकिन नगरी रु.५० लाख भुक्तानी गरेको पाइयो ।
रु.१ करोड ७ लाखको लागतमा निर्माण गरिएको यो सडकको भुक्तानी दिनुपूर्व तयार गर्नुपर्ने बिलमा प्राविधिक तथा पदाधिकारी र उपभोक्ता समितिका पदाधिकारीको हस्ताक्षर छैन । महालेखा परीक्षकको कार्यालयले समेत यसमा आपत्ति जनाएको छ ।
महालेखाले तयार गरेको लेखा परीक्षण प्रतिवेदनमा भनिएको छ, “प्र्रमाणित बिल बेगर भुक्तानी दिएको रु.५० लाखको कार्यका सम्बन्धमा छानबिन गरी पेश भएको कागजात अनुसार कार्य नभएको पाइएमा सम्बन्धितबाट असुल गर्नुपर्ने देखिएको छ ।”
सुर्मा सरोवर निर्माण सेवा र प्रभु कन्स्ट्रक्सनलाई डोजरले माटो काट्ने काम गरे बापत रु.८८ लाख ७९ हजार गाउँपालिकाले भुक्तानी दिएको देखिन्छ । तर यो रकम कम्पनीको कुनै आधिकारिक बिल नलिई हाते भर्र्पाइका भरमा भुक्तानी दिइएको छ ।
अनौठो के छ भने डोजरलाई भुक्तानी गरिएको रु.८८ लाख ७९ हजारमध्ये रु.४० लाख ७४ हजार ३३७ डोजरको भाडा र बाँकी रु.४८ लाख ८ हजार २७१ डोजरमा तेल हालेको भनेर कागजमा उल्लेख छ ।
“यसमा प्रष्ट अनियमितता छ” बझाङका विभिन्न स्थानीय तहमा काम गरेका इन्जिनियर दीपक बोहराले भने “यन्त्रको भाडा भन्दा बढी इन्धन खपत भयो भन्नुले नै यहाँ अनियमितता छ भन्ने पुष्टि हुन्छ । किनकि प्राविधिक हिसाबले यो असम्भव छ ।” बोहराका भनाइमा, डोजरलाई भुक्तानी गरेको भाडाको आधारमा हिसाब गर्ने हो भने यहाँ रु.१० लाख भन्दा बढीको तेल खर्च हुनै सक्दैन ।
महालेखा परीक्षकको प्रतिवेदन २०७४/७५ मा पनि यस बारेमा शंका व्यक्त गरिएको छ । प्रतिवेदनमा भनिएको छ– “एस्काभेटरको भाडा खर्च बराबरकै तेल खर्च लागेको सम्बन्धमा ‘नम्र्स’ अनुसार मिल्ने नमिल्ने यकिन गरी नमिल्ने र बढी भुक्तानी भएको देखिए सम्बन्धितबाट असुल गर्नुपर्ने देखिन्छ ।”
महालेखा परीक्षकको प्रतिवेदनले सुर्मा गाउँपालिकाले निर्माण गरेका अन्य सडकहरूमा पनि अनियमितता भएको देखाएको छ । प्रतिवेदनमा ‘गाउँपालिकाले निर्माण गरेको जाक पाँगरजडी सडकमा पनि लागत अनुमानमा समावेश भएको रु.१७ लाख ११ हजार ४२२ बराबरको ‘ग्याबिन’ को कामै नगरी डोजरले माटो खन्ने काम मात्र भएको तर रकम भने रु.३३ लाख ७१ हजार ७७ भुक्तानी गरेको उल्लेख छ ।
सुर्मा, तल्कोट र बुङ्गलमा मात्रै होइन, बझाङका सबैजसो स्थानीय तहले निर्माण गरेका सडकहरूमा व्यापक अनियमितता भएको जानकारहरू बताउँछन् । इन्जिनियर दीपक बोहराले भने, “जति काम भएको छ भनेर कागज बनाएर भुक्तानी दिएको छ, फिल्डमा हेर्दा त्यसको ६० प्रतिशत पनि काम भएको छैन ।” बोहराका भनाइमा, बझाङका सबै स्थानीय तहमा गएर यसको ‘भेरिफाई’ गर्ने हो भने ठूलो मात्रामा अनियमितता भएको भेट्न सकिन्छ ।
सार्वजनिक खरीद नियमावली अनुसार, उपभोक्ता समिति मार्फत गरिने कुनै पनि काममा भारी यन्त्र उपकरण प्रयोग गर्न मिल्दैन । नियमावलीको दफा ९७ को उपदफा ९ मा लेखिएको छ– “उपभोक्ता समिति वा लाभग्राही समुदायबाट संचालित हुने निर्माण कार्यमा लोडर, एस्काभेटर, रोलर, डोजर, विटुमिन डिष्ट्रिव्युटर, विटुमिन व्याइलर, हेभी मेशिनहरू प्रयोग गर्न पाइने छैन ।”
यो मामिलाका जानकार एक व्यवसायी भन्छन्, “यस्तो नक्कली कामबाट जनप्रतिनिधि र डोजर संचालक दुवैलाई फाइदा हुन्छ । एकातिर ठूलो नाफा, अर्कोतिर उपभोक्ता समितिले काम गरेको देखिने हुनाले व्यवसायीले कारोबार र आयमा कर समेत तिर्नुपर्दैन भने जनप्रतिनिधिले विकास गरेको देखाएर कमिशन खान पाउँछन् ।”
खोज पत्रकारिता केन्द्र
Bhan Bhadur Singh
ENOUGH is ENOUGH इनफ इज इनफ Mohan Singh Air चाहे फिस उठाउ , चाहे ऋण खोज , चाहे सरकारसंग राहत माग, तर देऊ शिक्षक बाच्न चाहान्छ।
करिब तीन महिना भएछ बेतलबी । अब सकिदैन । म फाउण्डर , म साहुजी भनेर बेलाबखत ध्वास दिने साथीहरु खै मेरो श्रमको मुल्य? चाहे फिस उठाउ ! चाहे ऋण...
-
एस.इ.इ कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ _ राष्ट्रिय परीक्षा बोर्ड
-
करिब तीन महिना भएछ बेतलबी । अब सकिदैन । म फाउण्डर , म साहुजी भनेर बेलाबखत ध्वास दिने साथीहरु खै मेरो श्रमको मुल्य? चाहे फिस उठाउ ! चाहे ऋण...

















